नयाँ वर्षमा कस्तो रहला मौसम ?

नयाँ वर्षमा कस्तो रहला मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नयाँ वर्षको दिन सोमबार पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ । यतिखेर भने देशका धेरै ठाउँको मौसम सफा छ ।