तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै हिमाली, पहाडी र तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।

गएराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यमसम्मको वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाले प्रिमनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ ।