काठमाण्डु-आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ५ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १६ मिनेटमा हुनेछ ।
प्रतिक्रिया