देशका यी भूभागमा आज वर्षाको सम्भावना

देशका यी भूभागमा आज वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसा शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानीपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।