यस्तो रहने छ आजको मौसम, तराईमा हुस्सु र कुहिरो

यस्तो रहने छ आजको मौसम, तराईमा हुस्सु र कुहिरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ । शुक्रबार दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

शनिबार देशभर आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात तथा मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।