बिहीबारको मौसम पूर्वानुमान


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरका अधिकांश क्षेत्रको मौसम सफा रहने जनाएकाे छ ।

महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन । भने, हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । तराईका केही क्षेत्रमा बिहान लागेको हुस्सु बिस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement