यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। अहिले बिहान देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

अन्य भूभागमा बिहानको मौसम पनि सामान्यता सफा रहेको महाशाखाले जनाएको छ।आज राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement