धनुषा, सिन्धुली, सिराहालगायतका क्षेत्रमा सतर्कता अपनाउनुस्ः मौसम पूर्वानुमान महाशाखा


काठमाडौं – आज (शुक्रबार) नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले धनुषा, सिन्धुली, सिराहालगायतका जिल्ला आसपासका क्षेत्रमा हावाहुरीको सक्रियता बढ्दै गएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार नेपाल मौसम पूर्वानुमान महाशाखाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै धनुषा, सिन्धुलि, सिराहा आसपासमा मेघ गर्जन र वर्षा सुरु भएको उल्लेख गरेको छ । ट्विटमा भनिएको छ, ‘यो प्रणालि थप मजवुत हुँदै हावाहुरीसहित पूर्व्तिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

यतिबेला देशको धनुषा, सिन्धुलि, सिराहा आसपासमा मेघ गर्जन र वर्षा शुरु भईसकेको अवस्था छ । यो प्रणालि थप मजवुत हुंदै हावाहुरि सहित पूर्व तिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरि देखिन्छ ।

बिहीबार राति सूदुरपश्चिम प्रदेशबाट सुरु भएको हावाहुरी अहिले पूर्वतिर सर्ने क्रममा छ । शुक्रबार बिहानै काठमाडौंमा पनि वर्षासँगै हावाहुरी चलेको थियो । यद्यपि कुनै भौतिक तथा मानवीय क्षति भने भएन ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement