यस्तो छ शनिबारको मौसम पूर्वानुमान


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सामान्यतया मौसम सफा रहने जनाएकाे छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement