कस्तो रहला बुधबारको मौसम पूर्वानुमान


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान गरेको छ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राति पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement