नेकपा कर्णाली प्रदेश सचिवको राजीनामा अस्वीकृत


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्माले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले शर्माले दिएको राजीनामा अस्वीकृत गर्ने र उनलाई काममा फर्कन निर्देशन दिएको हो ।

‘उहाँले सचिव पदबाट दिनुभएको राजीनामा अस्वीकार गर्ने र काममा फर्कन निर्देशन दिइएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

पार्टीले दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै शर्माले गत असोजमा राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement