मेयरमाथी गोली चलाएको आरोपमा विप्लव माओवादीका कार्यकर्ता पक्राउ


गोविन्द रोस्यारा, कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथी बिप्लप माओबादीका कार्यक्रर्ताले आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक बिनोद घिमिरेले चौधरीमाथी चन्दा नदिएको भन्दै आक्रमण भएको जानकारी दिए ।

‘चन्दा नदिएको भन्दै बिप्लब माओवादीका कार्यकर्ताले आक्रमण गरेको हुन सक्छ’ उनले भने‘ अनुसन्धान जारी छ मोटो रकम चन्दा माग गरेको तर मेयरले अस्वीकार गरेपछि आक्रमण भएको हो’ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई पनि आज सार्वजनिक गरिएको छ । घोडाघोडी नगरपालिका १ का कमल क्षेत्री, वडा नम्बर ९ का भरत शाह, वडा नम्बर ८ का पुर्ण प्रसाद खनाल, र वडा नम्बर १ का हृदयराज बोगटीलाई सार्वजनिक गरिएको हो ।

उपरिक्षक घिमिरेले पक्राउ परेका चार जना सहित १३ जनामाथी ज्यान मार्ने उधोगमा मुद्धा दर्ता गरेको जानकारी दिए । घटनामा फरारको सूचीमा रहेकाहरु बिप्लव माओवादीका पश्चिम क्षेत्रका ठुला कमान्डरहरु र जिल्लाका नेताहरु समेत रहेको प्रहरीले जनाएको छ । बिप्लप माओबादीले भने घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement