घाइते मेयर चौधरीलाई थप उपचारका लागी काठमाडौं ल्याइदै


काठमाडौं– गोली प्रहारबाट गम्भीर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि आज काठमाडौं ल्याइँदैछ ।

चौधरीको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको छ। उनको कोहलपुर अस्पतालमा उपचार भइरहे पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याइँदै गरिएको हो । सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ । घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको थियो। घटनास्थलबाट गोलीको एक खोका समेत फेला पारिएको इलाका प्रहरी कार्यालय सख्ुखडका प्रहरी निरीक्षक कर्ण्सिंह कार्कीले बताए। घटनामा संलग्न भएको प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement