प्रचण्डले नै पार्टीभित्र गुटवन्दी भयो भनेपछि…………………


 

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटबन्दीका कारण पार्टीले हार बेहोर्नु परेको बताएका छन् । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हारको कारण पार्टीभित्रै समिक्षा गर्नुपर्ने बताएका हुन ।

उनले आन्तरिक समस्या व्यवस्थापन गर्न नसकेर पार्टी हारेको भन्दै त्यसको कारण पार्टी भित्रै खोज्नुपर्ने बताए ।

‘जनताले माओवादी पार्टीलाई आफुले सोचेजस्तो पार्टी भएन भनिरहेका छन्, यसलाई जनताको पार्टी बनाउन सवैले समयमै सोच्नुपर्छ  ।’ अध्यक्ष प्रचण्डले वैठकमा भने ।  
वैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई सिध्याउने मुख्य कारण गुटबन्दी भएको भन्दै उनले गुटबन्दीलाई विघटन गर्नुपर्ने बताए ।

 

  “माओवादीलाई सिध्याउने मुख्य कारण भनेको गुटवन्दी हो,कि यसको अन्त गरौ,होईन भने घोषित रुपमा गुट चलाऔ । ” प्रचण्डले भने ।  

प्रतिक्रिया दिनुहोस
Advertisement