काठमाण्डु – माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले एमसीसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन ।
पाँचथरको फिदिममा अखिल (क्रान्तिकारी) को जिल्ला भेलालाई प्रमुख बक्ताका रुपमा सम्बोधन गर्दै नेता भण्डारीले सरकारलाई उक्त चेतावनी दिएका हुन ।
मुलुकलाई विदेशीको खेल मैदान बन्न कदापी नदिइने भन्दै नेता भण्डारीले सरकार गठन भएको लामो समय सम्म पनि मन्त्रिमण्डल पुरा नगरेर सरकारले पुनः जनताको आकांक्षामा चिसो पानी खन्याउन खोजेको आरोप समेत लगाएका छन् । उनले भने, ‘एमसीसी पास गरिए घरघरमा ढोका लगाएर सडकमा आउँछौं । आगो बाल्छौं । लामो समय पुर्ण मन्त्रिमण्डल गठन नगरेर सरकारले जनताको आकाँक्षामाथी चिसो पानी खन्याउने प्रयास गरिरहेको छ । यो स्विकार्य छैन । ’
माओवादी केन्द्रका नेताहरु होम जवेगु, बिशाल रसाइली , दिनेश लावति, सहित प्रदेश एक संसद् सिता थेवे र अखिल (क्रान्तिकारी) प्रवक्ता एवम् उपमहासचिव जीपी मैनाली सहित विद्यार्थी नेताहरू मनिषा आचार्य खगेन्द्र सुबेदी ,रबी बस्नेत र प्रजिन हाँगमागले प्रशिक्षण मन्तव्य राखेको विद्यार्थी नेता बिकाश केरुङले जानकारी दिएका छन् ।
असोज ८, ९ र १० गते राष्ट्रिय सम्मेलन तोकेको अखिल (क्रान्तिकारी) ले मुलुकभर भेला सम्मेलनहरू मार्फत नेता छान्ने प्रकृयालाई तीब्र बनाएको छ ।




प्रतिक्रिया