मधेषमा पहिलो पार्टी वन्ने यस्तो छ माओवादी रणनिती


काठमाण्डौ– एमाओवादी केन्द्रले प्रदेश नम्वर २ को आसन्न स्थानीय निर्वाचनको तयारीलाई तिव्र पारेको छ । माओवादी केन्द्रले मधेषमा आफ्नो पार्टी पहिलो हुने दावी समेत गरेको  छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मधेषमा पहिलो पाटी हुने गरी चुनावी तयारीमा आफुहरु लागेको बताईन ।  

प्रवक्ता भुषालकाअनुसार चुनावी तयारीको लागी माओवादी शिर्ष नेतृत्व नै सोमबार जनकपुर जाने कार्यक्रम छ । पार्टी अध्यक्ष प्रचण्डसहित वरिष्ट नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ सोमबार जनकपुर पुगेर प्रदेश स्तरीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि मंगलवार २  नम्वर प्रदेशका सवै अगुवा कार्यकर्ताहरुको भेला बोलाएर माओवादीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको   छ ।

 

“पश्चिमतिर जादा नवलपरासी र रुपन्देहीमा हामीले मधेष बाहुल्य क्षेत्रमा निर्वाचन जित्यौ,मधेषका नेताहरुको रिपोर्टिङ सुन्दा हामी मधेषमा ठुलो पार्टी वन्ने सम्भावना छ । ” प्रवक्ता भुसालले काठमाण्डौपाटीसंग भनिन् ।  

माओवादीले संविधान संसोधन र मधेषी मागलाई सम्बोधन गर्नुपर्ने भन्दै त्यसका लागी अडान पनि राख्दै आएको छ । दुई नम्वर प्रदेशको निर्वाचनअघि नै मधेषको समस्या र मागबारे छलफल गर्न माओवादीले आइतवार हेडक्वार्टर बैठक समेत बोलाएको छ । मधेषका विभिन्न जिल्लामा माओवादीले चुनावी प्रचारलाई समेत तिव्र पारेको छ । 

 

एमाओवादी केन्द्रका वरिष्ट नेता एवंम् पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतले मधेषको समस्या समाधान गर्न सवैभन्दा बढी प्रयत्न माओवादी केन्द्रले गरेको दावी गरे । “ यो कुनै चुनावी कुरा होईन,तर साचो कुरा के हो भने माओवादी मधेषका समस्या समाधान गर्न जिम्मेवार ढंगले प्रस्तुत भएको हो । ”

 

नेता वस्नेतले अरु पार्टीको असहयोगले संविधान संसोधन पास हुन नसके पनि माओवादीले भने कोशिस जारी राख्ने बताए ।  वस्नेतकाअनुसार आइतवार वस्ने हेडक्वार्टर वैठकमा २ नम्वर प्रदेशको चुनावी रणनिती तय हुनेछ ।

 

संविधान संसोधन र मधेषका मागवारे नेकपा एमाले उदार नभएपनि एमाओवादीले भने संविधान संसोधनलाई पारित गर्न पहल गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा समेत संविधान संसोधन गरेर मधेषका माग पुरा गर्न पहल गरेपनि विपक्षी एमाले र राप्रपा नेपालको असहयोगले उक्त प्रस्ताव पारित हुन सकेन ।

दोस्रो संविधानसभाको निर्वाचनमा समेत माओवादी केन्द्रले पाएको २६ सिटमध्ये १३ सिट मधेषबाट जितेको थियो ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सिराहाबाट निर्वाचीत भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस
Advertisement