तीन दिनको मौसम : चट्याङसहित पानी पर्ने, बाढी–पहिरोबाट बच्न आग्रह


काठमाडौं – मौसम पुवानुमान महाशाखाले आज (मंगलबार) एक सूचना जारी गर्दै काठमाडौैं उपत्यकासहित देशभर मौसम बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क अपनाउन आग्रह गरेको छ ।

महाशाखाले पश्चिम पहाड तथा पूर्वका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले बाढीपहिरोबाट बच्न आग्रह गरेको छ ।

‘देशका पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरु सतर्क रहुनुहोला,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘यसका साथै सडक यातायातमा पहिरोरभूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’

साथै पश्चिम पहाड तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा न्यून चापीय रेखा तथा मध्य र पूर्वी भेगमा पश्चिम बंगालमा विकसित न्यून चापीय क्षेत्रको असर रहेको मौसम विभागले जनाएको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण :

श्रावण २८ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

श्रावण २९ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

श्रावण ३० गते बिहीबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पहाडी भूभागका तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement