दशैंमा मासु खाँदा ध्यान दिनुहोस्, खान नजाने ज्यानै जान सक्छ !


काठमाण्डु – दसैँ र मिठो परिकारको निकै घनिष्ट सम्बन्ध छ। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ। आर्थिक अवस्था कमजोर हुनेहरुले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि मिठा परिकार जुटाउने गर्छन्। खासगरी बालबालिका र बृद्धबृद्धाहरु दसैँका बेला मिठा परिकारमा खुब रमाउने गर्छन्।

मिठा परिकार भन्ने बित्तिकै हामी मासुसँगै मिठाई, चिल्ला रोटीहरु, चिल्लोपिरो तरकारी, तारेका अन्य खाने कुरालाई बुझिन्छ । साधारणतः अरु वेलाको तुलनमा दशैंको वेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका वेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । कुनै भोज तथा पार्टीहरुमा मासु खाने गरिएपनि दशैंमा आफ्नै घरमा खसी, बोका, भेडा, राँगा, हाँस, कुखुरा लगायत अन्य विभिन्न जनावरका मासु अत्याधिक प्रयोग गरिन्छ ।

आफन्तजनसँगको भेटघाट तथा रमाइलो गर्ने बाहानामा वर्षदिनको दशैं भन्दै खाइने विभिन्न किसिमका मासुजन्य भोजनले पछि स्वास्थ्यमा अनेकौं किसिमका रोगहरु निम्तिने निश्चित छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने फलफुल तरकारी लगायतका खानेकुरा मिलाएर खानुहोस् । दशैंमा मासुले नै रमाइलो हुन्छ भन्ने हुँदैन । शाकाहारी भोजनले पाचनप्रणालीलाई ठुलो भार पर्दैन । तर यदि मासु पनि खानुहुन्छ भने शाकाहारीका तुलनामा बढि ख्याल गर्नुपर्ने हुन्छ ।

मासु मानिसको शरिरलाई अत्यावश्यक खानेकुरा होइन । तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं । तर यो आवश्यकता भन्दा बढि भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ । कुनै रोगहरु यस्ता हुन्छन् की एकै वर्षको दशैंमा खाएको मासुले गरेको असर जीवनभर खेपीरहनुपर्ने पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

कस्तो मासु खाने ?

चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ । मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्खिित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

खान नहुने मासु

-मुटु
-कलजो
-मिर्गौला
-आँखा
-रगत

ध्यान दिनुपर्ने कुराहरु

–हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्ने र नखाने

–छाला भएको मासु प्रयोग नगर्ने

–फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने

–पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा दोस्रो पटक नतताउने

–पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा हुन्छ

–मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाने

–गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्ने

यस्तै धेरै दिनसम्म राखेर बासी मासु प्रयोग गर्नु हुँदैन । अन्य खाद्य पदार्थको तुलनमा मासुमा छिटो बाहिरी संक्रमण हुने भएकाले आज पकाएको मासु आज नै खानुपर्छ वा आश्यकता अनुसार मात्र मासु पकाउने खाने गर्नुपर्छ ।

मासुसँग मदिराको प्रयोग

दशैंलाई मासु र मदिराको चाडको रुपमा पनि लिइन्छ । मासु र मदिराविनाको चाडबाड खल्लो हुने समेत भन्ने गरिन्छ । तर मदिरा अत्याधिक सेवनले निकै असर गर्छ । दशैंमा चिल्लो, बोसोयुक्त लगायत खानेकुराहरु खाइएको हुन्छ ।

यस्तोमा हाम्रो मृगौलालाई काम गर्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि हामीले मदिरा सेवन गर्नाले मृगौलामाथि थप भार पर्न जान्छ । यसले मृगौलामा अनेकौं किसिमका रोगहरु निम्तिने गर्छन् ।

उमेर अनुसार कति मासु खाने ?

डाइजेस्टिभ पावर खासगरी व्यक्तिको उमेर र शारीरिक सक्रियताअनुसार फरक पर्छ । उमेरलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ । १० वर्ष आसपास उमेरसमूहका व्यक्तिको डाइजेस्टिभ पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै खानु हुँदैन । यस्तै ६० वर्ष उमेर पार गरिसकेका व्यक्तिको डाइजेस्टिभ सिस्टम नै खराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले त मासु छोडेकै उत्तम हुन्छ । १५–५० वर्ष उमेर समूहका व्यक्तिले आफ्नो पाचन क्षमतामा ख्याल गरेर मासु खानुपर्छ । फरक–फरक व्यक्तिको पाचनक्षमता बढी हुन सक्छ ।

मृगौला रोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ । खाने परिकारसँगै स्वच्छ बानी ब्यहोरा पनि आवश्यक छ । सरसफाई, आवश्यक शारिरीक व्यायाम पनि नियमित गर्नुपर्छ । चाडपर्वका वेला काम नहुने वा विदा हुने भएकाले पनि धेरै एकैठाउँ बसिरहने तर खानेकुरा धेरै खाने गर्नाले पाचन प्रणालीमा नकारात्मक असर पर्दछ । त्यसैले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement