बाढी पहिरो पीडितलाई सेनाको मेडिकल क्याम्प


काठमाण्डु – अविरल वर्षाको कारण बाढी, पहिरो र डुबानहरुबाट प्रभावित सिन्धुपाल्चोक, मुगु र मनाङ जिल्लाका विभिन्न स्थानहरुमा नेपाली सेनाले मेडिकल क्याम्प संचालन गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्न स्थानका बाढी पहिरो प्रभावितका लागि चनौटे र ईचोक महानकालमा बुधबार र बिहीबार स्वास्थ्य क्याम्प संचालन गरेको हो । दुई दिने क्याम्पमा करिब १६५ जना भन्दा बढीले सेवा लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement