गृहमन्त्री थापालाई भेटे चिनियाँ उपमन्त्रीले, यस्तो भयो कुराकानी


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले सोमबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो।

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरे।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरे। भेटमा उपमन्त्री जुनले नेपाल–चिन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिए।

नेपालको भूमिबाट हुने चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरे।

चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चिन भ्रमणका लागि निमन्त्रणा गरेको जानकारी भेटमा उपमन्त्री जुनले दिए। भेटमा गृहमन्त्रालयका उच्चअधिकारीहरु तथा नेपालका लागि चिनिया राजदुत यु होङ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement