परराष्ट्रमन्त्री साउद र चौथाइबालेबीच भेटवार्ता


काठमाण्डु- भारतको दिल्ली पुगेका नेपाली कांगेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले बुधवार भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध तथा भाजपा र कांग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो । नेपाल–भारतको सम्बन्ध तथा भाजपा र कांग्रेस पार्टीबिच सम्बन्ध बलियो बनाउन परराष्ट्र मन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement