राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद अलीबीच भेटवार्ता


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्रीबीच शिष्टाचार भेटवार्ता भएकाे हाे

उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षले नेपाल भ्रमणका अवसरमा लुम्बिनी संसारको सांस्कृतिक गन्तव्यस्थल हुने बताएको स्मरण गर्दै नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत र व्यापक बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा विदेशमन्त्री साब्रीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गराउनुका साथै दुवै देश बीच लगानीका सम्भावना बढाउन आवश्यक रहेको धारणा समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement