काठमाण्डु – परराष्ट्र सचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज शुक्रबार भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको पाकिस्तानी राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको छ ।
राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया