एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो


काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

वैशाख २८ गतेदेखि बस्ने गरी निर्धारित बैठक वैशाख ३१ गतेदेखि बस्ने गरी सरेको छ ।

पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको बताए । वैशाख ३१ गतेदेखि २ दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय सङ्गठनका कार्यप्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदन लगायत विषयमा छलफल केन्द्रित रहने जनाइएको छ ।

बैठकबाट देशभर पार्टी संगठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनुका साथै प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँट गरिनेछ ।

बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका मापदण्ड तय गर्ने र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ ।

पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाण्डुमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement