सरकारले बजेट ल्याउनुअघि सभापति देउवाले बोलाए विपक्षी दलको बैठक


काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने दिन मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् ।

मंगलबार बिहान १० बजे संसद् भवनस्थित कार्यकक्षमा कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले विपक्षी दलको बैठक बोलाएका छन् ।

मंगलबार सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा छानबिन समिति गठनमा ढिलाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement