प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठकमा जुटेन सहमति

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठकमा जुटेन सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सिफारिस गर्न शुक्रबार साँझ बसेको संवैधानिक परिषद् बैठकमा सहमति जुट्न सकेन ।

सिफारिसबारे सहमति जुट्न नसक्दा भदौ ३१ गते बैठक फेरि बस्ने गरी शुक्रबारको बैठक सकिएको छ ।

प्रधानन्यायाधीश सिफारिसका लागि सर्वाेच्चका वरिष्ठ न्यायाधीशको नाममाथि छलफल भएको जनाइएको छ । सर्वाेच्चको विद्यमान वरियतामा क्रमशः प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरि प्रसाद फुयाल रहेका छन् ।