काठमाण्डु – प्रतिनिधि सभाको बैठक २ दिनका लागि स्थगित भएको छ ।
माघ २७ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका थिए भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया