विपद्को पूर्व तयारीमा जुट्यो सरकार

विपद्को पूर्व तयारीमा जुट्यो सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा विपद्को पूर्व तयारी के कस्तो छ भन्ने विषयमा छलफल भएको छ ।

आईतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन ठूलो आउने पूर्व जानकारी अनुसार नै पूर्व तयारीलाई कसरी दू्रतगतिमा अगाडि बढाउने भन्ने कुरामा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले बताए ।

उनले भने, ‘आज मूलभूतः विषय मनसुन छिट्टै आउँछ भन्ने विषयमा केन्द्रित भयो । यो वर्षको मनसुन अरु वर्षभन्दा अझ अलि ठूलो आउने पूर्व जानकारी छ । योसहित हामी अलि अगाडिदेखि पूर्व तयारी गर्दै थियौं । त्यो पूर्व तयारी के कस्तो छ ? पूर्व तयारीलाई कसरी दू्रतगतिमा अगाडि बढाउने यही कुरामा प्रदेश सरकार, स्थानीय सरकार, संघीय सरकारका अरु निकायसम्म कसरी पुर्‍याउने र यो वर्ष कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धी नै विशेष छलफल भयो आज ।’

उनले यो वर्ष विपद्को कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धी समेत विशेष छलफल भएको बताए ।