ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबिच ‘ब्रेकफास्ट मिटिङ’ हुने

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबिच ‘ब्रेकफास्ट मिटिङ’ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच शनिबार ‘ब्रेकफास्ट मिटिङ’ हुने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भेट्न नभ्याउने भएपछि विशेष दूत गोरले राजनीतिक भेटघाटको क्रममा सभापति लामिछानेसँग संवाद गर्न लागेका हुन् ।

गोरले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

विशेष दूत गोर बिहीबार साँझ नै ६ सदस्यीय टोलीसहित काठमाण्डु पुगेका छन् । उनको भ्रमण र लामिछानेसँगको भेटलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पका निकटका मानिने गोरले नेपाल आउनुअघि नै प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटका लागि समय मागेका थिए । तर प्रधानमन्त्री शाहलाई सञ्चो नभएपछि भेट सम्भव नभएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि अमेरिकी पक्षले रास्वपा सभापति रवि लामिछानेसँगको भेटलाई प्राथमिकतामा राखेका हुन् । शुक्रबार बिहान हुने भेटमा २ देशबिचको सम्बन्ध, लगानीका सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।