आपूर्तिमन्त्री यादव र साउदी अरबका राजदूत मोनैखिरलेबिच भेटवार्ता

आपूर्तिमन्त्री यादव र साउदी अरबका राजदूत मोनैखिरलेबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मोनैखिरलेबिच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री यादवले रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छन् ।

मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपद् भएको उल्लेख गर्दै बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको जानकारी दिइन् । विपद्को यस कठिन घडीमा पीडितहरूको तत्काल उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै उनले साउदी अरबका परराष्ट्रमन्त्रीसमक्ष मानवीय सहयोगका लागि आग्रह गरिन् ।

भेटवार्तामा २ देशबिचको आपसी हित, द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको छ ।