अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी सीतारमणबिच भेटवार्ता

अर्थमन्त्री डा. वाग्ले र भारतीय समकक्षी सीतारमणबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. वाग्लेले बिहीबार अपराह्न ५ बजे नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।

भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार दुवै मन्त्रीबिच विकास सहकार्यसँग सम्बन्धित विभिन्न विषयमा व्यापक छलफल भएको थियो ।

छलफलमा बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत नेपाल र भारतबिचको दीर्घकालीन आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने तथा दुवै देशको साझा हितका अन्य विषयलाई प्राथमिकता दिइएको थियो ।

भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री डा. वाग्ले ३ दिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली पुगेका हुन् । विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबिच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा भ्रमणका क्रममा छलफल हुने जनाइएको छ ।