राष्ट्रपति पौडेलसँग चीनको सिज्याङका पार्टी सचिव वाङको भेटवार्ता

राष्ट्रपति पौडेलसँग चीनको सिज्याङका पार्टी सचिव वाङको भेटवार्ता


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको सिज्याङ क्षेत्रका पार्टी सचिव वाङ जुङझेङले भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले हालै जाजरकोट र रूकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद् पश्चातको पुनःउत्थान र पुनर्निर्माणका लागि प्राप्त चिनियाँ सहयोगका लागि प्रशंसा गरेका छन् ।