संयुक्त आयोगको बैठकका लागि काठमाण्डु पुगे श्रीलंकाका विदेशमन्त्री


काठमाण्डु – श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्री ४ दिने औपचारिक भ्रमणमा काठमाण्डु आएका छन् ।

नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका हुन् ।

पुस ५ र ६ गते काठमाण्डुमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । २ विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन् ।

भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उनी पुस ७ गते काठमाण्डुबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement