संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन तीन नेताबीच छलफल

संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन तीन नेताबीच छलफल


काठमाण्डु- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

आइतवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा सङ्क्रमणकालीन न्यायको विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउने प्रयास तीन नेताबीच भएको हो ।

सो विधेयक संसदमा विचाराधिन अवस्थामा छ। विधेयक अगाडि बढाउने तयारी हुँदा दलहरुबीच सहमति नजुटेकाले संसदको बजेट अधिवेशनमा पेस भएको थिएन।

सरकारले छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। शीर्ष तहमा सहमति जुटेमा हिउँदे अधिवेशनमै टीआरसी पास गर्ने तयारी छ।