काठमाण्डु- समाजवादी मोर्चाको बैठक सकिएको छ । समसामयिक विषयमा निर्णयहरू गर्न बैठक पुनः बुधवार साँझ बस्ने गरी बिहानको बैठक सकिएको हो ।
सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ । साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ ।
बैठकबाट बाहिरिँदै विप्लवले आजै साँझ पुन बैठक बस्नेगरी टुंगिएको जानकारी दिए । उनले आफूहरुसँग सरकारले गरेको सम्झौता विपरीत पक्राउपूर्जी जारी भएकोप्रति सरकारको ध्यानाकर्षण गाएको पनि बताए ।
‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ । पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’, उनले भेन ।
प्रतिक्रिया