काठमाण्डु – सार्कका नवनियुक्त महासचिव गोलाम सरवरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भेटबारे उल्लेख छ ।
राष्ट्रपति पौडेलसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
उनले अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेमा आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया