प्रधानसेनापति शर्मा र बंगलादेशका राजदूतबीच भेटवार्ता
काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । बुधबार राजदूत सलाउदद्धिन नोमनले जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।