बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु


काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्ड चैत १० गतेसम्म मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्। उनले चैत ६ गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ११ दलहरुबाट विश्वासको मत लिएका थिए। विश्वासको मत दिने दलहरुले धेरै मन्त्रालयमा दाबी गरिरहेका कारण मन्त्रालय भागबण्डामा अप्ठेरो पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement