मेगा बैंकको अध्यक्षमा पुनः शाह चयन


काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः भोजबहादुर शाह चयन भएका छन्।

बैंकको सातौं साधारण सभाले ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेकोमा शाह पुनः अध्यक्षमा सर्वसम्मत भएका हुन्।

नवनिर्वाचित शाहले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्न वर्गको पहुँचमा पुर्‍याउने बताए।

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन्।
यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन्।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताए।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा ९९ वटा शाखा विस्तार गरेको छ।

मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement