मेगा बैंकको नयाँ शाखा कीर्तिपुरकाे नयाँ बजारमा


काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डुको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आजदेखि शाखा सञ्चालनमा ल्याएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाण्डु उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

अहिले उपत्यका र उपत्यका बाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखा रहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement