अर्थ

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५-७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो ।

Dish Home

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७५ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैँया पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top