अन्तरिक्षमा गल्फ खेल्ने यात्रामा जापानी अर्बपति युसाकु मेजावा


एजेन्सी – जापानी अर्बपति युसाकु मेजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसको यात्राका लागि प्रस्थान गरेका छन् । बुधबार अन्तरिक्ष यात्रामा जाने अर्बपतिको सूचीमा थपिँदै मेजावाले त्यहाँ गल्फ खेल्नेसहित १०० वटा कुरा गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जोजोटाउनजस्ता ईकमर्श कम्पनीहरूमार्फत धनी बनेका मेजावा कुनै बेला एउटा रक सङ्गीत टोलीका ड्रमर रहेका थिए । उनले गत वर्ष अन्तरिक्ष यात्रामा सँगै जान प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम आयोजना गरेका थिए । उनले सो कार्यक्रम पछि रद्द गरेका थिए ।

काजाखास्तानबाट उनलाई बोकेको एउटा रुसी रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । लामो समययता पहिलो अन्तरिक्ष पर्यटक बनेका उनले आईएसएसमा १२ दिने बिताउने जनाइएको छ । उनले सन् २०२३ मा चन्द्रमाको यात्रा गर्न सुरु गरेको अभियानको एउटा कदमको रूपमा यसलाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement