मेलम्चीको पानी नआएपछि रित्ता भाँडा बोकेर सडकमा आए काठमाण्डुवासी


काठमाण्डु- काठमाण्डुवासीहरूले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै प्रदर्शन गरेका छन्। सोमबार काठमाण्डु उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर, मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए। उनीहरूले रित्ता गाग्री,लोटा,बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध र्‍याली निकालेको थिए।

मेलम्ची खानेपानी पटक पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रूपमा उपयोग गर्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement