मेलम्ची र इन्द्रावती नदीमा बाढीको सम्भावना

मेलम्ची र इन्द्रावती नदीमा बाढीको सम्भावना


काठमाण्डु-सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा बाढीको सम्भावना रहेको छ ।

मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्दे, गोबरे वर्षामापन केन्द्रहरूमा सामान्य–मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले अनुरोध गरेको छ ।

पछिल्लो चौबीस घन्टामा उत्तरी सिन्धुपाल्चोकको मेलम्ची घ्याङ क्षेत्रमा ४६.८, ढुंगेमा ५१.२, मानेखर्कमा ५३.४, गोबरेमा ४४.८ मिलिमिटर वर्षा भएको छ ।