मेलम्चीको मुहानमा बाढी पस्दा आपूर्ति बन्द

मेलम्चीको मुहानमा बाढी पस्दा आपूर्ति बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि पानी आपूर्ति बन्द भएको छ ।

मेलम्ची खानेपानीको आयोजनाको मुहानमा धमिलो पानी पसेपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता वीरबहादुर चन्दले जानकारी दिए ।

उनका अनसार काठमाण्डु उपत्यकामा आपूर्ति भइरहेको पानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द भएको छ ।

‘वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ’, प्रवक्ता चन्दले भने ।