आज विश्व स्मृति एवं मेलमिलाप दिवस

आज विश्व स्मृति एवं मेलमिलाप दिवस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्व स्मृति एवं मेलमिलाप दिवस बिहीबार मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।

राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरूलाई आह्वान गरेअनुरूप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन्।