रोनाल्डोलाई उछिन्दै मेस्सी बने फिफा वर्ष खेलाडी


काठमाडौं – बार्सिलोनाका स्टार स्ट्राइकर एवं अजेन्टिनाको राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले फिफा वर्षको सर्वाेत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

सोमबार राती इटालीको मिलान सहरमा आयोजना गरिएको फिफा अवार्ड घोषणा विशेष समारोहमा ३२ वर्षीय मेसीले छैठौं पटक यो अवार्ड जितेका हुन् । उनले लिभरपुलका बर्जिल वैन डिज्क (३८) र युभेन्टसका क्रिस्टियानो रोनाल्डो (३६) लाई उछिन्दै ४६ अंकसहित अवार्ड हात पारेका हुन् ।

मेसीका प्रतिद्वन्द्वीका रुपमा रहँदै आएका रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । यसअघि दुबैले ५–५ पटक अवार्ड जितेर बराबरी गरे पनि यसपटक मेसीले जितेर रोनाल्डोलाई अवार्डमा उछिनेका छन् । महिलातर्फ भने अमेरिकी फरवार्ड मेगन रापियोले यो अवार्ड हात पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement