मेस्सीले पाए पीचीची अवार्ड


एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् ।

आइतबार राति स्पेनिस ला लिगा फुटबल च्याम्पियन लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बनेका थिए । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबका लागि ५०औं गोल गरेका छन् ।

सर्वा्धिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् । मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन् ।

यता, सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरेका थिए । त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement