मेसीले भने -पेनाल्टीमा चुक्दा टुटेको छु


काठमाडौं – विश्वकपमा डेब्यु गरेको टिम आइसल्याण्डले विश्वकपको साविक उपविजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको छ । विश्व चर्चित फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेनाल्टी मिस गर्दा खेल बराबरीमा रोकिएको हो ।

आइसल्याण्डसको खेलमा अर्जेन्टिनाका लागि अग्युरोले १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । २३ औं मिनेटमै आइसल्याण्डका अल्फ्रेडले बराबरी गोल फर्काए । त्यसपछि खेलमा गोल हुन सकेन । खेल अवधीभर अर्जेन्टिनाले आइसल्याण्डमाथी दबाव बनाएपनि गोल भने गर्न सकेन् । आइसल्याण्डले डिफेन्स बलियो बनाएपछि अर्जेन्टिनाले गोल गर्ने अवसर पाएन ।

अर्जेन्टिनाका कप्तान मेसीले पेनाल्टी मिस हुनु गल्ती भएको स्वीकार गरेका छन् । उनले भनेका छन् ‘ राम्रो अवसर थियो, पक्कै पनि पेनाल्टीमा चुक्दा म टुटेको छु, दुःख लागेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement