मि टु अभियान सुरु गर्ने यी हुन् नायीका तनुश्री ?


एजेन्सी – ‘मिटू मुभमेन्ट’ मार्फत अभिनेता नाना पाटेकर विरुद्ध यौन दुर्व्यवहारबारे बोलेर बलिउडमा तहल्का मच्चाएकी अभिनेत्री तनुश्री दत्त अमेरिका फर्केने तयारीमा छिन् । दशकअघि भएको यौन दुर्व्यवहारबारे उनले बोलेपछि बलिउडका अन्य महिलाहरुले दुर्व्यवहारबारे मुख खोलेका छन् ।

 

तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा नानाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले गत अक्टोबरमा नाना पाकेटर विरुद्ध उजुरीसमेत गरिन् । बिदा मनाउन भारत पुगेकी उनी बिदाले देशमा केही परिवर्तन ल्याएको बताउँछिन् । उनले भनिन्, दुर्व्यवहारबारे सबैले बोल्न थालेका छन् । समाजको यस्तो कुरा बाहिर आउन जरुरी छ।

उनले फिल्म नगरेको धेरै भइसक्यो । उनी अमेरिकामा नै सेटल हुने तयारीमा रहेको द हिन्दुस्तान टाइम्समा उल्लेख छ । अहिलेसम्म बलिउड इन्डस्ट्रीका कैलाश खैर, सुवास घाई, विकास बल, आलोक नाथ र रजत कपुर मिटू मुभमेन्टको सिकार भएका छन् । उनले चलाएको ‘मिटू मुभमेनट’ को असर नेपालमा पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement